Main News

कांग्रेस र माओवादीबाट आज दुईदुई जना मन्त्री बन्दै, कस्ले पाए कुन मन्त्रालय ?

हिमालय टिभी
२०७८ असार २९ गते १८:१२
कांग्रेस र माओवादीबाट आज दुईदुई जना मन्त्री बन्दै, कस्ले पाए कुन मन्त्रालय ?

२९ असार २०७८ काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तत्काल दुईदुई जनालाई मन्त्री बनाउने भएको छ । माओवादी केन्दैले जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्री बनाउने भएको हो भने कांग्रेसले बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिनु भएको छ । जसमा शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

यस्तै नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्नुहुने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ ।

जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *