कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, २३९८ संक्रमित थपिए
२९ असार २०७८ काठमाडौं । नेपालमा थप २ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५८ पीसीआर परीक्षण गर्दा १ हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ३ हजार ९५४ परीक्षण गर्दा ७ सय ५९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार काठमाडौँ जिल्लामा ४ सय १० जना, भक्तपुरमा ८० र ललितपुरमा ९७ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ । उपत्यका बाहिर झापामा १ सय ५८,कास्कीमा १ सय ४६ र सुनसरीमा १ सय ११ जनामा संक्रमण देखिएको छ ।
काठमाडौँ उपत्यकामा अहिले ७ हजार ७४९ सक्रिय संक्रमित रहेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २६१ पुगेका छन् । अहिले नेपालमा ५८६ जना कोरोना संक्रमित आइसीयुमा र १ सय ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।
गत २४ घण्टामा २ हजार ७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ।
प्रतिक्रिया