Main News

सत्ता समीकरणका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

हिमालय टिभी
२०७८ असार २९ गते ९:४७
सत्ता समीकरणका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

२९ असार २०७८ काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र भावी सत्ता समीकरणकबारे छलफलका लागि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ । आजको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठन हुने नयाँ सरकारमा सहभागिताबारे निर्णय गर्ने छ ।

यस्तै सत्ता साझेदारीका लागि विपक्षी गठबन्धनमा भएको छलफल र भावी कदमबारे अध्यक्ष प्रचण्डले स्थायी कमिटीलाई जानकारी गराउनुहुने छ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड र पार्टीको भूमिकाबारे छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दै हुनुहुन्छ ।

देउवाले माओवादी र जसपाको उपेन्द्र समूहका दुईदुई जनालाई आजै मन्त्रीमा नियुक्ति गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *