Main News

सरकार गठनबारे छलफलमा जुट्दै विपक्षी गठबन्धन

हिमालय टिभी
२०७८ असार २९ गते ९:४३
सरकार गठनबारे छलफलमा जुट्दै विपक्षी गठबन्धन

२९ असार २०७८ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारोहण र मन्त्रिपरिषद्बारे छलफलका लागि विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

बिहान दश बजेपछि गठबन्धनको बैठक बस्न लागेको हो । हिजो बसेको बेठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको थियो । आजको बैठकमा सत्ता समीकरण र मन्त्रालय भागबण्डाबारे छलफल हुनेछ ।

कांग्रेस सभापति देउवाले गृह र अर्थ मन्त्रालय आफुसँग राख्ने मनशाय व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीसहित २२ मन्त्रालय रहेका छन् । आजको बैठकले संसदमा सिट संख्याका आधारमा मन्त्रालय भागबण्डाको खाका तयार पार्ने छ ।

बैठकले सत्ता समीकरणका लागि कार्यदल बनाएर जानेबारे निर्णय गर्नसक्ने बताइएको छ । आजको बैठकले एमालेलाई पनि सहमतिमा आउन र राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गर्ने तयारी समेत गरेको छ ।

संसद विघटन लगायतको असंवैधानिक कदम अदालतले सच्याइदिएकाले एमालेलाई पनि साथ लिएर सरकार गठन गर्न सकिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

एमालेकै नेपाल(खनाल समूहका २३ सांसदहरुले राजनीतिक जीवन नै जोखिममा पारेर देउवाको पक्षमा हस्ताक्षर गरेको भन्दै विपक्षी गठबन्धनले एमालेलाई पनि साथमा लिएर अघि बढ्ने निर्णय गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *