अदालतको फैसलाले संविधान, संसद र लोकतन्त्र बचाएको वरिष्ठ नेता नेपालको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको फैसलाको स्वागत गर्नुभएको छ ।
अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको प्रतिक्रिया दिनुभएको छ ।
फैसलाबाट संसद् मात्रै ब्यूँतिएको मात्रै नभई संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको बताउनुभएको छ । यसपटक अदालतले आफ्नो गरिमा बढाएको पनि बताउनुभयो ।
नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले देश र जनताको पक्षमा फैसला आएको बताउनुभयो । अब नेपाली कांग्रेस सबैसित मिलेर अघि बढ्ने पनि उहाँले बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतले देश र जनताको पक्षमा फैसला गरेको बताउनुभयो ।
यो फैसलाबाट संविधानको र लोकतन्त्रको रक्षा गर्न चाहनेहरु खुशी भएको पनि उहाँले प्रतिक्रिया दिनुभयो । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अदालतको फैसलाबाट प्रतिगमनको यात्रामा ब्रेक लागेको टिप्पणी गर्नुभएको छ ।
सर्वोच्चको फैसलापछि पनि प्रतिगमनकारी शक्तिहरु फरक ढंगले षड्यन्त्रमा लागिरहने उहाँको आशंका छ ।
प्रतिक्रिया