Main News

सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेको ओली समूह सडकमा

हिमालय टिभी
२०७८ असार २८ गते १४:५८
सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेको ओली समूह सडकमा

२८ असार २०७८ काठमाडौं । विपक्षी गठबन्धनले अदालतको आदेशको स्वागत गरिरहँदा नेकपा एमालेको संस्थापन पक्ष भने विरोधमा उत्रिएको छ ।

एमाले नेता महेश बस्नेतको नेतृत्वमा एमाले कार्यकर्ता सडकमा उत्रेका छन । माईतीघरमा अहिले प्रदर्शन भैरहेको छ । अदालतको फैसला असंवैधानिक भएको उनीहरुको दावी छ ।

उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर बोकेका छन । नेकपा एमालेका नेता एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म, भावना र संसदीय शासन विपरीत भएको बताउनुभएको छ ।

यसले व्यक्तिगत कुण्ठालाई संस्थागत गरेको र शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात पारेको खरेलको तर्क छ ।

राप्रपा अध्यक्षका कमल थापाले पनि अदालतको फैसलाप्रति असहमति जनाउनुभएको छ ।

सामाजिक संजालमा उहाँले सर्वोच्च अदालतमा आज गोरु व्यायो भनेर लेख्नुभएको छ ।

फैसलालाई राजनीतिक भन्दै थापाले कार्यान्वनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *