Main News

नेपाललाई आवश्यक खोप दिन चीन तयारः राजदूत यान्छी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २८ गते १३:३७
नेपाललाई आवश्यक खोप दिन चीन तयारः राजदूत यान्छी (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरूद्ध आवश्यक पर्ने खोप अझै दिन सक्ने बताएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले आउने दिनमा नेपाललाई थप खोप दिने बताउनुभयो ।

चीनमा खोप उत्पादन बढिरहेकाले आउँदा दिनमा थप खोप दिने उहाँको भनाइ छ ।

चीनले १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ। यस्तै ४० लाख डोज खोप सरकारले चीनसँग किनेको छ । जसमध्येको पहिलो लटमा ८ लाख डोज खोप नेपाल आइसकेको छ ।

चीनबाट सरकारले खोप कतिमा किनेको हो भन्नेबारे अहिलेसम्म खुलाएको छैन। यसबारे सोधिएको प्रश्नमा राजदूत यान्छीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल(चीन खोप सहकार्य भएको बताउनुभयो ।

विश्वका १ सय भन्दा धेरै देशलाई जुन प्रक्रियाबाट खोप दिएको हो त्यही प्रक्रिया अनुसार नेपाललाई पनि खोप दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *