Main News
आज पनि देशभरको मौसममा बदली हुने
२०७८ असार २८ गते ८:५९
२८ असार २०७८ काठमाडौं । आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ घर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोसमेत देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती पनि प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया