राजनीति

ओलीको फोटो टाँसेर प्रदर्शन, सरकारको विरोध गर्नेको जिब्रो थुत्ने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते २०:४३
ओलीको फोटो टाँसेर प्रदर्शन, सरकारको विरोध गर्नेको जिब्रो थुत्ने चेतावनी (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । मुलुक कोरोना महामारी सकिएको छैन । तर दलका भातृसंगठन भने सडक प्रदर्शनको होडबाजीमा उत्रिएका छन् । काठमाडौंमा आज सत्तारुढ र विपक्षी दलका भातृ संगठनले छुट्टा छुट्टै जुलुश निकालेर महामारीलाई चुनौति दिएका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरे । तर सरकार समर्थित युवा तथा विद्यार्थीले भने विपक्षी गठबन्धनविरुद्ध र सरकारको समर्थनमा जुलुस निकाले ।

दुई महिना लामो निषेधाज्ञा भुलेर काठमाडौंमा नागरिक दैनिक काम काजमा फर्कदैँ छन् । प्रशासनले निषेधाज्ञा खुल्ला गरे पनि स्वास्थविद्ले देशमा कोरोनाको जोखिम उच्च रहेको बताउँदै आएका छन् । प्रशासनले २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध नै लगाएको छ । तर आज काठमाडौंमा प्रशासनको आदेश र सरकारको निर्णयको नै धज्जी उडाइयो ।

यसरी सरकारी निर्णयको धज्जी उडाउनेमा सरकार समर्थक नै अगाडी थिए । अझ भनौँ नेकपा एमालेको संस्थापन पक्षका युवा तथा विद्यार्थी ।

प्रधानमन्त्री केपी शर्माको फोटो गालामा निधारमा टाँसेका युवाले सरकारको समर्थन गरे र विपक्षी गठबन्धनको विरोध ।

उनीहरुले सरकारको समर्थन मात्रै गरेनन् प्रधानमन्त्रीको विरोध गर्नेको जिब्रो नै थुत्ने चेतावनी पनि दिए ।

सत्ता समर्थक नै प्रदर्शनमा उत्रिने देशमा विपक्षी त झन चुप लाग्ने कुरै भएन । एमालेको नेपाल खनाल समूह र विपक्षी दल आवद्ध विद्यार्थी संगठन संख फुक्दै यसरि सडकमा उत्रिए ।

प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा भन्दै उनीहरुले माइतीघरमा भेला भई शंख फुफेर विरोध जुलुस निकालेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढ्नुमा दलहरुका जुलुस जिम्मेवार रहेको बताउँदै आउनु भएको छ । तर उहाँकै समर्थनमा निस्कने यस्ता जुलुसले संक्रमण बढाउँछ कि घटाउँछ त्यो भने प्रधानमन्त्रीलाइ नै थाहा होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्