Main News

सेप्टिक ट्यांकीमुनि ढलानभित्र भेटियो शव, घरकैले हत्या गरेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते २०:३८
सेप्टिक ट्यांकीमुनि ढलानभित्र भेटियो शव, घरकैले हत्या गरेको आरोप (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ महोत्तरी । प्रदेश २ सरकारले महिला र चेलीबेटी बचाउन भन्दै बेटीपढाउ बेटी बचाउ अभियान चलाइरहँदा पनि एक पछि अर्को महिलाको विभत्स हत्याको श्रृंखला भने रोकिएको छैन ।

पछिल्लो समय गत जेष्ठ १९ गतेदेखि नै हराइरहेकी महोतरीकी सुजिता ठाकुरको शव आज शौचालयको जगमा फेला परेपछि निर्मम हत्याको अर्को रहस्य खुलेको छ ।

जेठ १९ गतेदेखि वेपत्ता रहेकी सुजिता ठाकुरको मृत अवस्थमा फेला परिन् । लोहरपटटी नगरपालिका ७ भ्रमरपुरास्थित घर नजिकै निर्माणाधिन पेट्रोल पम्प छेउमा बनाइएको शौचालयमा शव फेला परेको छ । शौचालयको सेफ्टी ट्याँकी भित्रको ढलान मुनी फालिएको अबस्थामा प्रहरीले शव निकालेको छ ।

यसअघि असार १३ गते खेतमा प्रहरीले कपाल, कपडा लगायतका वस्तु फेला पारेको थियो । त्यसकै आधारमा अनुसन्धान थालेको प्रहरीले प्राप्त सुचनाको आधारमा कल्पनै नगर्न नसकिने ठाउँबाट शव बरामद गरेको हो । शव फेला परेपछि सुजिताको माइती पक्ष शोकमा छ ।

प्रहरीले सुजिताका घरका सदस्यसहित ५ जनालाई प्रक्राउ गरेर अनुसन्धान थालेको छ ।

माइती पक्षका अनुसार घरमा सुजितामाथि पटक पटक कुटपिट भएको थियो । मृतक ठाकुरकी बुवा कामेश्वर पाण्डेका अनुसार सुजितालाई देवर रुपेश ठाकुरले डेढ वर्ष अगाडि सिरानीले नाक मुख थिचेर मार्ने प्रयास गरेका थिए । विभिन्न वाहानामा सुजितालाई यातना दिने गरिएको थियो ।

सामाजिक अभियन्ताले पनि सुजिताको हत्यामा परिवारकै हात रहेको भन्दै छानविन गरेर दोषिमाथि कारबाहीको माग गरेका छन् ।

सुजिताको हत्या भएकोमा कुनै शंका छैन । यसमा घरेलु हिंशा र दाइजो नै मुख्य कारण रहेको अनुमान गरिएको छ । अनुसन्धान गरेर सुजिताका हत्यारालाई कडा कारवाही गर्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *