Main News

नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति भण्डारीलाई बनाउन शिक्षामन्त्री श्रेष्ठको प्रस्ताव

हिमालय टिभी
२०७८ असार २७ गते १८:५७
नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति भण्डारीलाई बनाउन शिक्षामन्त्री श्रेष्ठको प्रस्ताव

२७ असार २०७८ काठमाडौं । युवा तथा खेलकूद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले आज काठमाडौं उपत्यकाभित्रका स्थानीय स्काउट समितिको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताउनुभएको हो । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हरेक देशमा स्काउटको प्रमुख संरक्षक देशको राष्ट्राध्यक्ष हुने चलन छ । आजै म सभाध्यक्ष लोकबहादुर भण्डारीजीमार्फत् यहाँहरु समक्ष प्रस्ताव राख्न चाहान्छु, हाम्रो यो मुलुकको स्काउटको प्रमुख संरक्षक पनि सम्माननीय राष्ट्रपति हुनुपर्छ । हामीले राष्ट्रपतिज्यूलाई प्रमुख संरक्षक र कार्यकारी प्रमुख प्रधानमन्त्रीज्यूलाई संरक्षक र शिक्षामन्त्री अथवा युवा तथा खेलकुदमन्त्री संरक्षक । यो ढंगले अगाडी बढायो भने स्काउटको अझ गरिमा उठ्छ । स्काउटको अझ हाइट बढ्छ ।’

मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशन अनुरुप आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमार्फत् १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । स्काउटलाई अझै नयाँ र प्रभावकारी ढंगले अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *