Main News

कोरोनालाई बेवास्ता गर्दै काठमाडौंमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

हिमालय टिभी
२०७८ असार २७ गते १८:४९
कोरोनालाई बेवास्ता गर्दै काठमाडौंमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

२७ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरुले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दीविरुद्ध आफुहरु प्रदर्शनमा उत्रिएको उनीहरुले बताए ।

विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरु पनि प्रतिकारात्मक प्रदर्शनमा उत्रिएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफुहरु प्रतिकारमा उत्रिएको बताउनुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध भएका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताको शरीरमा २ थोपा रगत रहुञ्जेलसम्म तिमीहरुले हाम्रा नेताको पुत्ला जलाएर केही फरक पर्दैन । हाम्रो नेताको कुनै भुत्ला जल्नेवाला छैन । हामी तिमीहरुका हरेक किसिमका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिन तयार छौ । ”

प्रदर्शनमा सहभागी युवाहरुले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए । उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्सा र संविधान प्रदर्शनमा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *