Main News

नेपाल एयरलाइन्स निजीकरणबारे छलफलसमेत नभएको मन्त्रालयको प्रष्टिकरण

हिमालय टिभी
२०७८ असार २७ गते १८:३३
नेपाल एयरलाइन्स निजीकरणबारे छलफलसमेत नभएको मन्त्रालयको प्रष्टिकरण

२७ असार २०७८ काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालनको योजनासहित प्रबन्धपत्र र नियमावली बुझेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने योजना भने नरहेको स्पष्ट पारेको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जवाफी विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्तिबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बतउानु भएको छ ।

नेपाल एयरलाइन्सको निजीकरण प्रक्रियाका सम्बन्धमा कुनै छलफलसमेत नभएको मन्त्रालयको भनाइ छ ।

यसअघि नेपाल वायुसेवा निगमले अर्थ मन्त्रालयले माग गरेअनुसार कम्पनीमा रुपान्तरण गर्न प्रवन्धपत्र तथा नियमावलीको मस्यौदा तयार पारी पर्यटन मन्त्रालयमा बुझाएको छ ।

निगमले पर्यटनमा यो मस्यौदा बुझाएसँगै निगममा कर्मचारीले भने विरोध जारी राखेका छन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई कौडीको भाउमा विक्री गर्न लागेको भन्दै कडा आलोचनासहितको विज्ञप्ति जारी गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *