Main News

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने वामदेव गौतमको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते १७:५४
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने वामदेव गौतमको माग (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने माग फेरि उठाउनु भएको छ ।

आजको राष्ट्रिय सभा बैठकमा उहाँले आफूले विगतमा यही माग राख्दा आफ्नो आलोचना भएपनि आफू पछि नहटेको बताउनुभयो

उहाँले सरकारले अध्यादेशबाट ल्याएको बजेट राष्ट्रिय सभामा पेश गर्न र पारित गर्न पनि माग गर्नुभयो ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाबीच विभेद गर्न नहुने भन्दै उपाध्यक्ष गौतमले सबै अधिकारी आफुहरुले पनि प्रयोग गर्न पाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *