Main News

वीरेन्द्र सैनिक अस्पतालमा मिर्गौलाका बिरामीको निःशुल्क डायलासिस सेवा शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते १७:०१
वीरेन्द्र सैनिक अस्पतालमा मिर्गौलाका बिरामीको निःशुल्क डायलासिस सेवा शुरु (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौं महानगरपालिकाका मिर्गौलाका बिरामीको निःशुल्क डायलासिस गर्न थालेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा सुरुवात गर्नुभयो ।

महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौलाका सेरो नेगेटिभका बिरामीका लागि निःशुल्क हेमोडायलासिस सेवा शुरु गरिएको हो । सैनिक अस्पतालमा ४८ जना बिरामीलाई साताको २ पटक डायलासिस गरिनेछ ।

महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलासिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरण जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

सम्झौता अनुसार ८ वटा हेमोडायलासिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्नु पर्ने छ । अहिले देशभरिका ६५ वटा अस्पतालमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीले निःशुल्क हेमोडायलासिस हुने गरेको सरकारको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *