Main News

महोत्तरीमा जेठ १९ देखि बेपत्ता युवतीको शव फेला, हत्यामा परिवारकै संलग्नता !

हिमालय टिभी
२०७८ असार २७ गते १४:२०
महोत्तरीमा जेठ १९ देखि बेपत्ता युवतीको शव फेला, हत्यामा परिवारकै संलग्नता !

२७ असार २०७८ महोत्तरी । महोत्तरीमा जेठ १९ गतेदेखि हराएकी एक युवती आज मृत अवस्थामा फेला परेकी छन् । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव प्रहरीले फेला पारेको हो ।

प्रहरीले निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीमा फलिएको अवस्थामा शव फेला पारेको छ । शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो । सुराकीका आधारमा प्रहरीले प्लास्टर फुटाएर शव निकालेको छ ।

सुजिता हराएपछि माइती पक्षले ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीय रोमी ठाकुरविरुद्ध उजुरी दर्ता गराएको थियो । यसअघि प्रहरीले असार १३ गते खेतमा कपाल, कपडा र अन्य केही वस्तु फेला पारेको थियो ।

सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देवर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लिएको थियो । अन्य अभियुक्त भागेका छन् । दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हिरासतमा रहेका देवर रुपेशले हत्या स्वीकारेको बताइएको छ ।

सुजिताको हत्या आरोपमा माइती पक्षले उनका ससुरा, देवर, देवरानी, श्रीमानसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइसकेको छ । जसमध्ये श्रीमान र देवर पक्राउ परेका छन् । अन्य अभियुक्त फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *