Main News

वायुसेवा निगम निजीकरण प्रधानमन्त्री ओलीको घृणित खेल भएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप

हिमालय टिभी
२०७८ असार २७ गते १३:१८
वायुसेवा निगम निजीकरण प्रधानमन्त्री ओलीको घृणित खेल भएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप

२७ असार २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको निजीकरण प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित खेल भएको आरोप लगाउनु भएको छ ।

आज एक अपिल जारी गर्दै भट्टराईले वायुसेवा निगम निजीकरण नगर्न सरकारलाई सुझाव पनि दिनुभएको छ । निगमलाई पब्लिक लिमिटेडको रुपमा चलाउने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी ओली सरकारबाट अनेक प्रपञ्च हुन गइरहेको भन्दै भट्टराईले त्यो अत्यन्त निन्दनीय र घृणित रहेको बताउनु भएको छ ।

उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासेहरुलाई सरकारले प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गरिरहेको उहाँको आरोप छ ।

तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी बनाएर संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको भाउमा आफू निकटलाई बेच्ने योजनामा सरकार रहेको उहाँले बताउनुभएको छ ।

निजीकरण गर्नुका पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेका भन्दै भट्टराईले ओली सरकारले त्यसको जवाफ दिनुपर्ने बताउनु भएको छ । भट्टराईले अहिले नै निगमको ऋण दायित्व ४६ अर्ब पुगिसकेको बताउँदै यसबाहेक पनि अन्य अर्बौं रकम दायित्व रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *