Main News

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, २१६९ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार २६ गते १७:१६
कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, २१६९ जना संक्रमित थपिए

२६ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । २१ सय ६९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५ सय ३० पीसीआर परीक्षणमा १३ सय ५३ र ३८ सय ८७ एन्टिजेन परीक्षण गर्दा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४ सय १४ जना छन् ।

काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् । उपत्यकावाहिर सुनसरीमा १ सय ६०, चितवनमा १ सय १२, कास्कीमा १ सय ११, र मोरङमा ६३ नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक १४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ पुगेको छ ।

५ सय ४३ जनाको आइसीयु र १ सय ५५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *