Main News
काठमाडौं उपत्यकामा भारी वर्षा, विभिन्न स्थानमा डुबान (फोटो फिचरसहित)
२०७८ असार २६ गते १७:०४

२६ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आज भारी वर्षा भएको छ । करिव दुई घण्टासम्म लगातार भएको वर्षाले उपत्यकाका नदीमा सतह बढेको छ ।
उपत्यकाका अधिकांश सडक जलमग्न भएका छन् । नदी किनारका वस्ती जोखिममा परेका छन् । मौसम पूर्वानुमान महासाखाले एक घण्टामा काठमाडौं उपत्यकामा ५० मिलिमिटर वर्षा भएको जनाएको छ ।
प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ । अन्यत्र भन्दा काठमाडौं उपत्यकामा ठुलो पानी परेको छ ।
अहिले उपत्यकामा पानी पर्न रोकिएको छ । केही स्थानमा भने वर्षा जारी रहेको महासाखाले जनाएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राती पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महासाखाको जनाएको छ ।
प्रतिक्रिया