Main News

सुर्तिजन्य पदार्थ सेवनका अम्मलीको संख्या बढ्दो, यस्ता स्वास्थ्य समस्या थपिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २६ गते १६:३३
सुर्तिजन्य पदार्थ सेवनका अम्मलीको संख्या बढ्दो, यस्ता स्वास्थ्य समस्या थपिँदै (भिडियो रिपोर्टसहित)

२६ असार २०७८ काठमाडौं । सुर्तिजन्य पदार्थ सेवनका कारण स्वास्थ्यमा जटिल समस्या आउँछ भन्ने सबैलाई थाहा छ । तर यसका अम्मलीको संख्या भने बढ्दो क्रममा छ । पछिल्लो पटक किशोर–किशोरीमा पनि सुर्तिजन्य पदार्थ सेवन गर्ने प्रवृति बढ्न थालेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१९ को तथ्याकं अनुसार देशमा २८ दशमलव ९ प्रतिशत मानिसले धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्छन् । यो कुल ३ करोड जनसंख्याको ८६ लाख ७० हजार हुन आउँछ ।

सरकारले सुर्ति चुरोट छुटाउन तथा नागरिकले यसको सेवन गनरुन् भनेर विभिन्न जनचेतनाका कार्यक्रम गर्दै आएको छ । तर पनि सन्तोषजनक अवस्था भने छैन ।

धुम्रपान गर्नेमा बालबालिका बढिरहेका छन् । अनुसन्धानका अनुसार २००७ मा २१ वर्षदेखि चुरोट वा सुर्तिजन्य पदार्थ सेवन गर्थे भने अहिले १७ वर्षकै उमेरदेखि नै धुम्रपान सुरुगर्न थालेका छन् । यस्ले बालबालिकाहरु धुम्रपानको लतमा पर्दै गएको देखिन्छ । जुन चिन्ताको विषय हो ।

अध्ययनअनुसार सूर्तिजन्य पदार्थ सेवन गर्ने एक जना नेपालीले एक महिनामा १ हजार ५० रुपैयाँ खर्च गर्ने गरेका छन्। त्यो खर्च भनेको नेपालीको आयको १३ प्रतिशतसम्म हो ।

एक महिनामा १ हजार ५० रुपैयाँ सूर्तिजन्य पदार्थमा खर्च गर्दा एक वर्षमा एकै व्यक्तिले १२ हजार ६ सय रुपैयाँ खर्च गर्छ । जस्ले स्वास्थ्यसँगसँगै आर्थिक भार पनि बढाएको छ ।

धुम्रपान सेवन गर्नेहरुमा मुटुमा समस्या, फोक्सोमा समस्या, क्यान्सरको सम्भावना बढी हुन्छ । सूर्तिजन्य पदार्थको सेवनले कुरकुरे हड्डीलाई काम नलाग्ने बनाउने, हड्डी जोडिने समस्या हुन्छ ।

शल्यक्रिया भएको छ भने त्यो जोडिन र उपचारमार्फत सुधार हुन समय लाग्ने समस्या हुन्छ । ढाड दुख्ने र घाटी दुख्ने समस्या पनि धुम्रपान सेवन गर्ने व्यक्तिमा बढिरहेको स्पाइन सर्जन प्राध्यापक डाक्टर गौरव ढकाल बताउनुहुन्छ ।

सुर्तिजन्य सेवनका कारण स्वास्थ्यमा समस्या हुने र उपचार खर्च धेरै लाग्दा त्यसले गरिबी तर्फ धकेलिरहेको छ । युवाहरुमा पनि हृदयघातको समस्या बढ्दो छ । मुटुफोक्सोमा मात्रै होईन, शरिरका सबै अंगमा धुम्रपान सेवनले नराम्रो असर गर्ने भएकाले यसको लत छाड्नु नै उत्तम उपाय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *