Main News

पूर्वप्रधानमन्त्रीलाई राज्यकोषबाट उपचार खर्च दिनु कानूनविपरीतः नेता थापा

हिमालय टिभी
२०७८ असार २६ गते १५:१५
पूर्वप्रधानमन्त्रीलाई राज्यकोषबाट उपचार खर्च दिनु कानूनविपरीतः नेता थापा

२६ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्रीका लागि राज्य कोषबाट उपचार खर्च दिनु कानून विपरीत भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेपछि कांग्रेस नेता थापाले प्रश्न उठाउनुभएको हो ।

पूर्व स्वास्थ्मन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्रीको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै ०७४ सालमा पारित गरेको जनस्वास्थ्य विधेयकमा विदेशमा उपचार गर्न लाग्ने खर्च सरकारले उपलब्ध नगराउने व्यवस्था छ । कांग्रेस नेता थापाले उक्त कानून २०७५ साल असोज २ गतेदेखि नै लागू भैसकेको स्मरण पनि गराउनुभएको छ ।

कानून अनुसार कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गरेको एक रुपैयाँ पनि सरकारको ढुकुटीबाट तिर्न नमिल्ने थापाले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *