Main News

चीनद्वारा भारतबाहेकका दक्षिण एसियाली मुलुक सहभागी राष्ट्रहरुको नयाँ संगठन स्थापना

हिमालय टिभी
२०७८ असार २६ गते १४:०५
चीनद्वारा भारतबाहेकका दक्षिण एसियाली मुलुक सहभागी राष्ट्रहरुको नयाँ संगठन स्थापना

२६ असार २०७८ काठमाडौं । चीनले भारतबाहेक दक्षिण एसियाली राष्ट्र सहभागी नयाँ संगठन औपचारिक रूपमा स्थापना भएको छ ।

चीनको चोङचिङ सहरमा चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र औपचारिक रूपमा स्थापना भएको हो। स्थापनाको औपचारिक समारोहमा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओले सम्बोधन गरेका थिए ।

समारोहमा चीनका लागि नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशका राजदूतले पनि सम्बोधन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ।

गत अप्रिलमा कोरोना महामारीबारे दक्षिण एसिायली विभिन्न देशका विदेशमन्त्रीसँगको छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सो सेन्टरको स्थापनाको प्रस्ताव गरेका थिए। जसमा अन्य देशले समर्थन जनाएका थिए। अन्तरक्रियामा आमन्त्रण गरिएको भए पनि भारत सहभागी नभएको चीनले जनाएको थियो।

अन्तरक्रियामा भुटान र माल्दिभ्सको पनि सहभागिता थिएन। चीनसँग भुटानको कूटनीतिक सम्बन्ध छैन। सेन्टर स्थापनाको उद्देश्यमा गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास तथा जनजीविका सुधारका लागि ज्ञान आदानप्रदान गर्ने लगायत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *