Main News

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

हिमालय टिभी
२०७८ असार २६ गते ९:०९
बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

२६ असार २०७८ काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख सानुकुमार श्रेष्ठले दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।

प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन। प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन्।

सत्तापक्षको नेपाल(खनाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ। सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिशनको लोभले हतारमा विद्युतीय बस खरिद गर्न लागेको विपक्षीको आरोप छ ।

यस्तै औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित सञ्चार गृह सञ्चालन गर्न लागेको भन्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्व गर्दै आएका छन्।

संसद अवरुद्व गरेको एक सातासम्म पनि सहमतिका लागि कुनै प्रयास नगरेको प्रदेश सरकारले हिजो मात्रै छलफललाई अगाडि बढाएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संससदीय दलको नेता शालिकराम जम्कट्टेलले बताउनुभयो ।

जम्कट्टेलले सरकारले आफ्नो मागप्रति सहमति नजनाइ बैठक बोलाएको भन्दै सहमती नभई संसद चल्न नदिने बताउनुभयो । आफ्नो माग सम्बोधन नभएसम्म संसद चल्न नदिने प्रतिपक्षी दलले अडान राखिरहँदा प्रदेश सरकार भने असार मसान्तभित्रै बजेट पास गर्ने तयारीमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *