Main News
एमाले कार्यदल सहमति नजिक, भोलि टुंगोमा पुग्ने
२०७८ असार २५ गते २०:२१

२५ असार २०७८ काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा करिब करिब सहमति जुटेको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने कार्यदलका सदस्य तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताउनु भयो । उहाँले छलफल गर्दै जाँदा समय अभाव भएकोले बाँकी रहेका विषय भोलि टुंगोमा पुग्ने बताउनुभयाे ।
प्रतिक्रिया