Main News

अदालतलाई ओलीको जवाफ अहंकारको जगमा उभिएर दिएको प्रवक्ता शर्माको टिप्पणी

हिमालय टिभी
२०७८ असार २५ गते १८:५६
अदालतलाई ओलीको जवाफ अहंकारको जगमा उभिएर दिएको प्रवक्ता शर्माको टिप्पणी

२५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ ।

संविधानको व्याख्या गर्ने काम अदालतको भएपनि प्रधानमन्त्री ओलीले व्याख्या गर्न खोजेको भन्दै आपत्ति जनाउनुभएको हो । प्रधानमन्त्रीले संविधानको व्याख्या गर्न खोजेपनि अदातलले संविधान र कानून अनुसार गर्ने शर्माको विश्वास छ ।

प्रवक्ता शर्माले राष्ट्रपतिमाथि अदालतमा प्रश्न उठाउन नपाइने भन्ने तर्क नै गलत रहेको शर्माले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनदेखि मन्त्रिपरिषद विस्तारसम्मका आफ्ना सबै काम सही भएको र त्यो आफ्नो अधिकार भएको जवाफ अदालतलाई दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *