कोरोना संक्रमणबाट थप २९ जनाकोे मृत्यु, १८७५ संक्रमित थपिए

२४ असार २०७८ काठमाडौं ।कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । १८ सय ७५ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमितको यो संख्या साढे दुई महिनायताकै कम हो । ५ हजार ३ सय ७४ पीसीआर परीक्षण गर्दा १२ सय १९ र ५ हजार १ सय ३० एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा चार सय २७ संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौंमा २ सय ८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना छन् । सुनसरीमा १ सय १८, कास्कीमा, १ सय ५, मोरङमा ६५ र चितवनमा ६० नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक १२ सय ८६ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ पुगेको छ ।
५ सय ७२ जनाको आइसीयू र १ सय ५७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमणबाट अहिलेसम्म ९ हजार ३ सय २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया