Main News

पाल्पामा बाढी र पहिरोले ६ घर बगायो, एक जनाकोे मृत्यु, एक जना बेपत्ता

हिमालय टिभी
२०७८ असार २४ गते ९:२६
पाल्पामा बाढी र पहिरोले ६ घर बगायो, एक जनाकोे मृत्यु, एक जना बेपत्ता

२४ असार २०७८ पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

गएराति झरेको पहिरोका कारण सात जना घाइते भएका छन् । पहिरोले पुरिएर तिनाउ गाउँपालिका५ का ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको र स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीको भनाइ छ । पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *