Main News

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगद्वारा इजलास गठन

हिमालय टिभी
२०७८ असार २३ गते १६:५६

२३ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको आज बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

साथै सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । कानून व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.