Main News
आजदेखि वर्षाको मात्रा बढ्ने सम्भावना
२०७८ असार २३ गते ८:५४
![आजदेखि वर्षाको मात्रा बढ्ने सम्भावना](https://www.himalayatv.com/wp-content/uploads/2019/07/barsha.jpg)
२३ असार २०७८ काठमाडौं । आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयकाअनुसार आगामी २÷३ दिन देशभर मनसुन सक्रिय हुने देखिएको हो ।
हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्म अलि बढी वर्षा हुने देखिएको छ ।
सुदूरपश्चिम र कर्णालीमा केही कम हुने देखिएको छ। आज पनि प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने लुम्बिनीका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि देखिएको छ।
प्रतिक्रिया