Main News

निषेधाज्ञा पूर्वको तालिकाअनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय

हिमालय टिभी
२०७८ असार २३ गते ७:५२
निषेधाज्ञा पूर्वको तालिकाअनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय

२३ असार २०७८ काठमाडौं । सरकारले निषेधाज्ञा पूर्वको तालिका अनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सबै उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभएको छ । मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिने तयारी गरेको छ ।

यसबारे आज सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बसन्त नेम्वाङले पत्रकार सम्मेलनमार्फत् थप जानकारी दिनुहुने छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वैशाख २० गतेदेखि उडानहरु बन्द थिए । ६९ दिनपछि आन्तरिक उडानमा गत बिहीबारदेखि ५० प्रतिशत संचालनमा आएका थिए ।

मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि बैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो । अब नेपाललाई रोक नलगाइएका मुलुकमा उडान सुचारु हुनेछन् ।

अब निषेधाज्ञा अगाडिकै बेलामा चलेजसरी सामान्यरुपमा उडानहरु नियमित हुनेछन् । अहिले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् ।

सरकारले उडान खुला गरेपनि यात्रा प्रतिबन्ध लगाइएका देशमा तत्काल उडान हुने सम्भावना भने छैन । जर्मनीले नेपाललाई लगाएको प्रतिबन्ध आजदेखि खुला गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *