Main News

कोरोनाका कारण रोकिएको परीक्षाफल सार्वजनिक गर्ने त्रिविको तयारी

हिमालय टिभी
२०७८ असार २३ गते ७:४३
कोरोनाका कारण रोकिएको परीक्षाफल सार्वजनिक गर्ने त्रिविको तयारी

२३ असार २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका विभिन्न तहका परीक्षाफल असार महिनाभित्रै प्रकाशित गर्ने भएको छ ।

विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने पनि जनाइएको छ ।

रीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताउनुभयो ।

स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गरेर मात्र परीक्षाको कार्यक्रम अगाडि बढाउने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको सङ्क्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै साता मात्रै खुलाएको छ ।

अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलिने भएको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *