Main News

खोप केन्द्र व्यवस्थित नहुँदा ज्येष्ठ नागरिकलाई समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते २०:४१
खोप केन्द्र व्यवस्थित नहुँदा ज्येष्ठ नागरिकलाई समस्या (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ काठमाडौं । आजदेखि कोराना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको खोप दिन सुरु गरिएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।

सोही समुहलाई आजदेखि दोस्रोमात्रा दिन सुरु गरिएको हो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकले दोस्रो मात्रा खोप लगाउनेछन् । यसअघि पहिलो मात्र दिन काठमाडौं महानगरका वडा वडामा खोप केन्द्र तोकिएको थियो । तर दोश्रो मात्राका लागि अस्पताल मात्र खोप केन्द्र तोकिएका कारण खोप लगाउन गएका ज्येष्ठ नागरिकले निक्कै नै सास्ती व्यहोरेका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल भ्याक्सिनको दोश्रो डोज लगाउने सूचनामा भनेको थियो ( पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर भेरोसेल खोपको दोश्रो मात्रा लगाइने छ ।

पहिलो डोज लगाएकाहरुले तोकिएको खोप केन्द्रमा आएर खोप लगाउनुहोला । तर खोप केन्द्रमा देखिएको अव्यवस्था र भीडले स्वास्थ्य कार्यालयको मात्र हैन सरकारकै खिल्ली उडाइरहेको छ ।

खोप केन्द्र तोकिएको थापथलीको प्रसुती गृहमा यस्तो भीड छ । अनि सिभिल अस्पतालमा पनि उस्तै भीड छ ।

खोप केन्द्रमा सामाजिक दूरी पनि कायम गरिएको छैन । ज्येष्ठ नागरिक र दीर्घरोगका विरामीहरु घन्टौँ लाइनमा बस्न बाध् छन् ।

खोप केन्द्रमा चाहिने जति खोप नै नहुनुले सरकारी तयारी कति कमजोर रहेछ भन्नु पुष्टि हुन्छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *