Main News
तामाकोशी जलविद्युत आयोजनामा आफ्नो भूमिका अवमूल्यन गरेको नेता महतको गुनासो
२०७८ असार २२ गते १९:४०

२२ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आफूले खेलेको भूमिकालाई सरकारले अवमूल्यन गरेको गुनासो गर्नुभएको छ ।
नेता महतले आजभन्दा १० वर्ष अगाडी आफू उर्जामन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम शुरु भएको भए पनि अहिलेको सरकारले यसको निर्माणको स्वामित्व केवल आफूले मात्रै लिएको बताउनुभयो ।
नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्बको लागत अनुमान गरिए पनि समयमा नै काम नभएकाले लागत बढेको उहाँले बताउनुभयो ।
पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया