Main News

वायू सेवा निगममा कर्मचारीको आन्दोलन, निजीकरणको विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते १९:२८
वायू सेवा निगममा कर्मचारीको आन्दोलन, निजीकरणको विरोध (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागेको विरोधमा कर्मचारीले निगम कार्यालयमा तालाबन्दी गरेका छन् ।

वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका हुन् । निगमलाई खतम पार्न लागेको र हवाई माफियाको इशारामा निजीकरण गर्न लागिएका भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् । निगमलाई निजीकरण हुन नदिने उनीहरुले बताएका छन् ।

नेपाल वायुसेवा निगम आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थीले व्यवस्थापनको यो निर्णयले नेपाल वायुसेव निगमलाई तहसनहस पार्ने भएकाले मान्य नहुने बताउनुभयो । यो निर्णय खारेज नभएसम्मका लागि आन्दोलन जारी रहने उहाँको भनाइ छ ।

नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्षले वायु सेवा निगमलाई नीजिकरण गर्न नदिन तालाबन्दी गर्नुपरेको बताउनुभयो ।

आन्दोलित कर्मचारी माथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेर ताला पनि खोलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *