Main News

चिनियाँ राष्ट्रपति एवं पार्टी महासचिव सी जिनपिङले आज दक्षिण एसियाका नेताहरुसँग अन्तरक्रिया गर्ने

हिमालय टिभी
२०७८ असार २२ गते ७:५५
चिनियाँ राष्ट्रपति एवं पार्टी महासचिव सी जिनपिङले आज दक्षिण एसियाका नेताहरुसँग अन्तरक्रिया गर्ने

२२ असार २०७८ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी एक सय वर्ष पुगेको अवसरमा राष्ट्रपति तथा पार्टी महासचिव सी जिनपिङले आज दक्षिण एसियाली मुलुकका शीर्ष नेताहरुसँग भर्चुअल अन्तरक्रिया गर्दैछन् ।

उक्त अन्तरक्रियाको मुख्य वक्ता सी रहनेछन् भने नेपालसहित दक्षिण एसियाका शीर्ष नेताहरुले पनि आ–आफ्ना धारणा राख्ने छन् । नेपालबाट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि उक्त कार्यक्रममा सहभागी हुने तय भइसकेको छ ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतका नेताहरुले पनि उक्त भर्चुअल बैठकमा सहभागी भइ आफ्ना धारणा राख्नुहुनेछ ।

चीनले आफ्नो चिनियाँ कम्युनिस्ट पार्टी गठन भएर एक सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

त्यसैअन्तर्गत यो पनि एउटा छलफल हो । बेलुकी ६ बजे हुने कार्यक्रममा नेपालसहित दक्षिण एसियाका नेताहरुले सीपीसीलाई शुभकामना दिने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *