Main News

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, २६२२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार २१ गते १७:२९
कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, २६२२ संक्रमित थपिए

२१ असार २०७८ काठमाडौं । नेपालमा पछिल्लो पटक २६ सय २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हिजो भन्दा आज संक्रमितको संख्या बढेको छ । ७ हजार ४ सय ९९ पीसीआर परीक्षण गर्दा १७ सय ४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ । उपत्यकाका तीन जिल्लामा ५ सय ६२ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १ सय २४ र भक्तपुरमा ६० जना छन् ।

उपत्यकावाहिर झापामा १ सय ८८, मोरङमा १ सय २१, चितवनमा १ सय २० र कास्कीमा १ सय १५ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो पटक नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या कम छ ।

गत २४ घण्टामा २२ सय ११ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ९० पुगेको छ ।

५ सय ७१ जनाको भेन्टिलेटर र १ सय ८० जनाको आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणबाट अहिलेसम्म ९ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *