प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेको सांसद श्रेष्ठको आरोप (भिडियो रिपोर्टसहित)
२१ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताउनुभयो ।
विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै श्रेष्ठले ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले विदेशीसित लम्पसार परेको श्रेष्ठको आरोप छ ।
प्रधानमन्त्री ओलीका कारण राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको श्रेष्ठको टिप्पणी छ ।
माओवादी नेता श्रेष्ठले राष्टिय सभाका अध्यक्षको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाउनुभयो । प्रधानमन्त्री ओलीका प्रतिगामी र निरंकुश कदममा राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहयोग बन्न खोजेको श्रेष्ठको आरोप छ ।
श्रेष्ठले प्रधानमन्त्रीका प्रतिगामी योजना असफल हुने र असफल पारेर छोड्ने दावी गर्नुभयो ।
प्रतिक्रिया