Main News

निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७८ असार २१ गते १३:२४
निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२१ असार २०७८ चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रहरीले शव अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीन्दाले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । सुजिता हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी पनि गरेका छन ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता त्यसै दिन हराएकी थिइन् । सुजिताले त्यही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा हिजो साँझ सुजिताको शव फेला परेको प्रहरीले जनाएको छ । शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो । उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *