Main News

विपद्का कारण घर गुमाएकालाई सरकारले घर बनाउन अनुदान दिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १८:५०
विपद्का कारण घर गुमाएकालाई सरकारले घर बनाउन अनुदान दिने (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । सरकारले मनसुनजन्य विपद्का कारण घर गुमाएकाहरुको घर बनाइदिने भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री विष्णुप्रसाद पौडेलले मनसुनजन्य विपद्का कारण घर गुमाएकाहरुलाई सरकारले घर बनाउन अनुदान दिने जानकारी दिनुभएको हो ।

मन्त्री पौडेलले विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने बताउनुभयो ।

मन्त्री पौडेलका अनुसार मनसुनजन्य घटनाबाट यो वर्ष अहिलेसम्म ५ सय ७२ निजी घरमा क्षति भएको छ। सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले सरकारले आफूसँग भएको श्रोत र साधन परिचालन गरेर बाढी पहिरो प्रभावितको उद्धार र राहत कार्यमा जुटेको बताउनुभयो ।

राहत र उद्धारको काम मानवीय संवेदनासँग जोडिएको भन्दै उहाँले यसमा सरकारले कुनै राजनीति नगरेको प्रष्टिकरण दिनुभयो । राहतमा सेलिब्रेटी स्टाइल हावी भएकाले एकद्वार बनाइरहेको मन्त्री पौडेलले बताउनुभयो ।

पहिरोले अवरुद्ध सडक तत्काल सञ्चालन गरेर यातायात र आपूर्तिको सञ्जाल टुट्न नदिने नीति अनुसार काम गरिरहेको उहाँले बताउनुभयो । पहिरो जान सक्ने संभावित ठाउँको नजिक आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *