Main News

कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु, १६०३ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार २० गते १६:५६
कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु, १६०३ संक्रमित थपिए

२० असार २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या नौ हजार २ सय २५ पुगेको छ ।

पछिल्लो पटक १ हजार ६ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । पछिल्लो पटक ८ हजार १ सय ८२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको छ ।

चार हजार ८ सय ७६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ३ हजार २ सय ४६ जनाको एन्टिजेन परीक्षणमा ५ सय ६१ जना संक्रमित थपिएका प्रवक्ता पौडलले जानकारी दिनुभयो ।

आज काठमाडौं उपत्यकामा चार सय ६१ संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ संक्रमित थपिए । हाल देशभर २६ हजार १ सय ७९ जना सक्रिय संक्रमित मध्ये २३ हजार २ सय २८ जना होम आइशोलेशन मा र २ हजार ९ सय ५१ जना संस्थागत आइशोलेशनमा छन् ।

देशभरका अस्पतालमा ६ सय आठ जनाको आइसीयू र १ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । प्रवक्ता पौडेलका अनुसार पछिल्लो पटक २ हजार पाँच सय ५२ जना संक्रमणमुक्त भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *