राजनीति

अध्यक्ष ओलीले हिजो गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्न एमाले सचिव भट्टराईको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १४:५७
अध्यक्ष ओलीले हिजो गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्न एमाले सचिव भट्टराईको माग (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्नुभ्एको छ ।

गृहजिल्ला ताप्लेजुङमा पत्रकारसँग कुरा गर्दै भट्टराईले हिजो संस्थापन पक्षले गरेको निर्णय दुर्भाग्यपूर्ण भएको बताउनुभयो । ओलीका निर्णयले एकता चाहने सबैलाई निराश बनाएको भट्टराईको प्रतिक्रिया छ ।

समस्या समाधानका लागि कार्यदल सक्रिय बनाएर अध्यक्ष ओली र वरिष्ठ नेता माधकुमार नेपालबीच वार्ता हुनुपर्नेमा भट्टराईले जोड दिनुभयो ।

भट्टराईले प्रतिनिधिसभा दोस्रो पटक पनि पुनःस्थापना हुने दाबी गर्नुभयो । विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनःस्थापना हुने भट्टराईको दाबी छ ।

संसदीय व्यवस्थामा आफ्नै पार्टीका विरुद्ध हस्ताक्षर लिएर अदालत जानु गलत भएपनि प्रतिनिधिसभा बचाउनका लागि आफूहरुले त्यसो गरेको भट्टराईले प्रष्टिकरण दिनुभयो ।

अदालतले जस्तो फैसला गरेपनि अब मिलेर जानुपर्ने भट्टराईको मत छ ।

भिडियो रिपोर्ट हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *