Main News

नेता नेपाललाई मनाउने ओली पक्षको प्रयास जारी, एकताका लागि संयुक्त वक्तव्यको प्रस्ताव

हिमालय टिभी
२०७८ असार २० गते १४:४१
नेता नेपाललाई मनाउने ओली पक्षको प्रयास जारी, एकताका लागि संयुक्त वक्तव्यको प्रस्ताव

२० असार २०७८ काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर संयुक्त वक्तव्य दिएर पार्टी एकता जोगाउन प्रस्ताव गरेका छन् ।

ओली पक्षमा रहेका उपमहासचिव विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलले कोटेश्वर पुगेर नेपाल समक्ष ओली सहितको संयुक्त वक्तव्य दिने प्रस्ताव गर्नुभएको हो ।

उपमहासचिव घनश्याम भुसालको समेत उपस्थितिमा गरिएको प्रस्तावमा नेता नेपाल सहमत भएको र कार्यदललाई सक्रिय पारी मस्यौदा बनाएर ल्याउन आग्रह समेत गरेको बुझिएको छ । तर कार्यदल ब्यूँताउने विषयमा भने ओली पक्षको नेताले ठोस जवाफ दिन सकेनन् । ओलीसँग छलफल गरेपछि मात्रै यसबारे जवाफ दिने बताएका छन ।

कार्यदल ब्यूँताउन पनि ओली र नेपालबीच भेट हुनुपर्ने उनीहरुको तर्क छ । संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १ सय ४६ निवर्तमान सांसद सर्वोच्च अदालत गएका छन् ।

यसमा नेपाल खनाल पक्षका २३ जना पनि छ । र, अध्यक्ष ओलीले पार्टी एकताका लागि हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त अघि सार्नुभएको छ । तर नेपालले भने त्यसलाई अस्वीकार गर्नुभएको छ ।

दुई नेता आ–आफ्ना अडानम बस्दा पार्टी फूट्ने निश्चित जस्तै भएपछि दोस्रो तहका नेताहरु संयुक्त वक्तव्यको प्रस्ताव लिएर गएका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *