Main News

टिपरले ठक्कर दिँदा काठमाडौंको टोखामा दुई जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७८ असार २० गते १४:२९
टिपरले ठक्कर दिँदा काठमाडौंको टोखामा दुई जनाको मृत्यु, एक जना घाइते

२० असार २०७८ काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साइकलमै सावर घाइते ३० वर्षका सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *