Main News

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

हिमालय टिभी
२०७८ असार २० गते १४:२४
बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

२० असार २०७८ बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

सिगास गाउँपालिका वडा नम्बर ३ बाट डडेल्धुराका लागि छुटेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सिगास गााउँपालिका वडा नम्बर३ का ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउद र जयसिंह धामीको मृत्यु भएको हो ।

घाइते ११ मध्ये चार जनाको अवस्था गम्भीर छ । जीप चालक खगेन्द्र साउद र जीप मालिक हरिबहादुर साउद फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *