Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

हिमालय टिभी
२०७८ असार २० गते १४:२०
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तयारी

२० असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ।

यस विषयमा छलफल गरेर निर्णय गर्न आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो।

उहाँका अनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ। सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय भैनसकेको उहाँको भनाइ छ।

अहिले चल्न दिइएका २५ भन्दा बढी सिट भएका सार्वजनिक यातायातको जोरबिजोर प्रणाली संचालन गर्न दिने संभावना रहेको उहाँले बताउनुभयो ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो।

पसलहरु पनि खोल्न दिइएको छ। काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *