Main News

मनसुनी गतिविधि केही सुस्त भए पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ असार २० गते ८:५०
मनसुनी गतिविधि केही सुस्त भए पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

२० असार २०७८ काठमाडौं । देशभर मनसुनी गतिविधिको प्रभाव केही कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभाव कम भए पनि आज धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

न्यून चापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई–तीन दिन यस्तै रहने मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो ।

आजको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

महाशाखाले जारी गरेको सूचनामा आज राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यम÷भारी बर्षा भई बहाब केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *