Main News

सीमा नाकामा कामको खोजीमा भारत जानेको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते २०:३६
सीमा नाकामा कामको खोजीमा भारत जानेको लर्को (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ नेपालगञ्ज । निषेधाज्ञा खुकुलो भएपछि नेपालगञ्जको रुपैडिया नाका हुँदै भारत जानेको संख्या बढ्दै गएको छ । नेपालमा काम नपाएपछि दैनिक सयौं युवा अहिले भारत तर्फ जाने गरेका छन् ।

कोरोना संक्रमणको जोखिम भए पनि घर खर्च जुटाउन मुस्किल परे पछि बेरोजगार युवा जोखिम मोलेरै कामको खोजीमा भारत जाने गरेका छन । रोगको भन्दा भोकको डर भएपछि बाध्य भएर उनीहरु फेरि भारत जान लागेका हुन ।

गाउँ घरमा खेतिपातीको समय छ । तर खेतिले खान पुग्दैन । नेपालमा जागिर पाइदैन त्यसैले उनीहरु भारत जानु उनीहरुको वाध्यता हो ।

भारतमा कोरोना संक्रमण बढेपछि रोजगारीका अवसर खोसियो । त्यसपछि धेरै नेपाली स्वदेश फर्किए । अहिले संक्रमण कम भएपछि फेरि भारत जानेको लर्को लाग्न थालेको छ । थोरै जमिन भएकाहरु खेति लगाइसकेर भारत हिँडेका छन्

मुग्लान पस्नेको लस्करमा दुधे बालक बोकेका महिला देखि स साना बालबालिका पनि छन् ।

लामो समय देखि निषेधाज्ञाका कारण नेपालमा रोजगारीको अबसर गुम्दै गएको छ । गरिब तथा बिपन्न बर्गका ज्याला मजुदुरी गरेर खाने परिवारलाइ छाक टार्न पनि हम्मे हम्मे पर्न थालेको छ । त्यसैले उनीहरु भारत जान बाध्य छन् ।

भारत सरकारबाट जारी भएको आधार कार्ड बनाएका, काम गर्ने कम्पनीको परिचय पत्र भएका र रोजगारदाता कम्पनीले बोलाएकालाई नेपाली सुरक्षाकर्मीले जान दिइरहेका छन् ।

सरकारले युवालाई रोजगारी दिने घोषणा त गरेको छ तर व्यवहारमा भने कार्यान्वयन भएको छैन् । त्यसैले अहिले नाकामा भारत जानेको भीड लाग्न थालेको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *