Main News

घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउने तयारीमा सरकार : प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १८:०७
घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउने तयारीमा सरकार : प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ काठमाडौं । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १ सय ३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रसारण लाइन उद्घाटन गर्नुभयो । उहाँले आफ्नै उत्पादनबाट घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभयो ।

विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रसारण लाइनबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगावाटभन्दा बढी विद्युत काठमाडौं ल्याउन ठूलो मद्दत पुग्ने बताउनुभयो ।

कुल २६ किलोमिटर लामो १ सय ३२ केभी डबल सर्किटको यो प्रसारण लाइनबाट समुन्द्रटार सव स्टेशनलाई काठमाडौंउपत्यकाको मातातीर्थ सव स्टेशनसँग जोड्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *