कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, २३२८ संक्रमित थपिए

१९ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु घटेको छ । संक्रमणदर भने अझै २५ प्रतिशतको हाराहारीमा छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक २३ सय २८ संक्रमित थपिएका छन् । थप १९ जनाको मृत्यु भएको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ ।
पाँच हजार ८ सय ३७ पीसीआर परीक्षण गर्दा १५ सय २७ र ४ हजार २ सय ९६ एन्टिजेन परीक्षणमा ८ सय १ जना संक्रमित पहिचान भएका हुन् ।
काठमाडौं उपत्यकामा ३ सय ७६ संक्रिमत थपिएका छन् । ति मध्ये काठमाडौंमा २ सय ४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जना छन् । उपत्यका बाहिर सुनसरीमा १ सय ५१, कास्कीमा १ सय ४६ र मोरङमा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २७ हजार सात सय १६ मा झरेको छ । ति मध्ये २४ हजार ६ सय ७५ जना होम आइशोलेशनमा र ३ हजार ४१ जना संस्थागत आइशोलेनशमा रहेको मन्त्रालयले जनाएको छ ।
६ सय २७ जनाको आइसीयू र १ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया