Main News

टिपर खस्दा काठमाडौंको थलीमा टहरामा सुतिरहेका दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ असार १९ गते १३:१८
टिपर खस्दा काठमाडौंको थलीमा टहरामा सुतिरहेका दुई जनाको मृत्यु

१९ असार २०७८ काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकास्थित टहरोमा टिपर खस्दा सुतिरहेका दुई जनाको मृत्यु भएको छ।

बालुवा बोकेको बा ५ ख २५ ११ नम्बरको टिपर कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ थलीमा बाटो मुनिको टहरोमा खसेपछि नुवाकोटका ५३ वर्षीय साइँला तामाङ र उहाँकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो ।

टिपर चालक ३१ वर्षका गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *